सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एकको मृत्यु, एक घाइते

२०८१ फाल्गुन ८, ०८:५१ खबर संवाददाता

काभ्रेः जन्ती पु¥याएर फर्किएको बस काभको तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट लोड गर्नुस