सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

२०८१ फाल्गुन ८, ०३:२० खबर संवाददाता

काठमाडौंः बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्।

कीर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन्। अस्पतालबाट आफू डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

पोखरा भ्रमण वर्ष, २०२५ को समारोह उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा आचार्य घाइते भएका थिए। उनीसँग सोही विस्फोटमा परेर घाइते भएका  अर्थमन्त्री विष्णु पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए।
 

कमेन्ट लोड गर्नुस