सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ फाल्गुन १५, १०:३९

हेटौंडाः हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

हेटौंडा उपमहानगरपालिका–६ सल्लाघारी नजिकै भित्री सडकखण्डमा रामनगरबाट हात्तिलेटतर्फ आउँदै गरेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट घाइते भएका हेटौंडा–६ रामनगर बस्ने ६१ वर्षीय कमल बहादुर बोहोराको उपचारका क्रममा भरतपुरमा विहीवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। ठक्कर दिने चालक र मोटरसाइकल फरार रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस