टेकुको ढलमा खसेका एक युवकको उद्धार
काठमाडौँः काठमाडौंको टेकुमा ढलमा खसेका एक युवकको उद्धार गरिएकोे छ।
आइतवार बिहान पौने ७ बजेतिर ढलमा खसेका सिन्धुपाल्चोक साँगाचोकगढी–१० का रामशरण ढुंगानालाई प्रहरीले सकुशल उद्धार गरेको हो। प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काका अनुसार खसेको २० मिनेटमा उनको उद्धार भएको थियो। उद्धारका लागि प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीसमेत परिचालन भएको डीएसपी खड्काले जानकारी दिए।
उद्धार गरेर ढुंगानालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।