केश मुण्डन गर्ने महिला सेलिब्रेटी
अभिनेत्री दीपाशिखा खड्काले हालैमात्र केश मुण्डन गरेको तस्बिर सार्वजनिक भएको छ । आफै लगानी गरेर सिनेमा ‘प्रेमलीला’ बनाईरहेकी अभिनेत्री दीपशिखाले कपाल मुण्डन गर्नुको कारण भने खुलाएकी छैनन् । सिनेमाको छायाकंन चल्दै गर्दा उनले कपाल खौरिएकी हुन् । यस हिसाबले भने हामी उनले सिनेमाकै लागि कपाल खौरिएको बुझ्न सक्छौँ । यो सिनेमामा कथा समेत उनकै छ । त्यसो त यसरी कपाल मुण्डन गर्ने दीपाशिखा पहिलो महिला सेलिब्रेटी हैनन् । यस अघि पनि केही अभिनेत्री र गायिकाले केश मुण्डन गरेका छन् । अभिनेत्री निशा अधिकारीले रहरै रहरले दुई पटक केश मुण्डन गरेकी छिन् भने उता अभिनेत्री मनिषा कोईरालाले क्यान्सर भएपछि बाध्यताले ।
निशाले दुईपटक मुण्डन गरिनः
अभिनेत्री निशा अधिकारी यतिबेला आमा बन्ने तरखरमा छन् । गर्भवति भएपछि अमेरिका हान्निएकी निशा अमेरिकामै आमा बन्ने तयारीमा छिन् । झण्डै तीनवर्ष अघि पहिलो पटक केश मुण्डन गरेकी निशाले यस पटक फेरि मुडुलो हुन मन लागेर केश मुण्डन गरेकी छिन् । केश मुण्डन गरेपछि उनले भनेकी छिन्, ‘कपाल होस् या नहोस् । लामो होस् या छोटो होस् । रंग्याएको होस् या नहोस् मलाई फेरि मुडुलो हुन मन लाग्यो । एक पटक होईन दुई पटक भएँ । मलाई मेरो बाबा आमाले माया गर्नुहुन्छ । मेरो श्रीमान्ले मलाई कपाल बिना पनि राम्री देख्नुहुन्छ ।’
निशाले किक्रेटर शरद भेस्वाकरसँग केही महिना अघि मात्रै लगन गाँठो कसेकी हुन् । उनी विवाह लगत्तै आमा बन्ने तयारीमा छिन् ।
क्यान्सरका कारण मनिषा भईन् मुडुलोः
अर्की अभिनेत्री मनिषा कोईराला पनि पूर्णरुपमा मुडुलो हुने महिला कलाकारमा पर्छिन् । ६ वर्ष अघि क्यान्सर भएकी मनिषालाई क्यान्सरका कारण मुडुलो बन्नु परेको थियो । उनले शरीरमा किमो चढाएपछि हल्का कपाल झर्दै गएका कारण पछि पुर्ण रुपमा मुडुलो नै बनाएकी थिईन् । क्यान्सर निको भएपछि भने मनिषाको कपाल बिस्तारै पलाउँदै गएको छ ।
कलाकारको लागि मनिषा पोखरेलले खौरिईन् कपालः
यस्तै गायिका मनिषा पोखरेलले कलाकारको उज्वल भविष्यको लागि भन्दै केही वर्ष अघि केश मुण्डन गरेकी थिईन् । उनले देशमा शान्ति र सम्पूर्ण कलाकार प्रति समर्पित गरेकी हुँ भन्दै केश मुण्डन गरेको बताएकी थिईन् । त्यसबखत कलाकारिताको सम्पूर्ण विधाले उनको यो कदमलाई समर्थन गरेको थियो । नेपाली गीतसंगीतमा जमेकी मनिषाले केही हिन्दी गीत समेत गाएकी छिन् ।
http://www.gufgaf.com को सहयोगमा।