सुदूर नेपाललाई विश्वसँग जोड्दै

परीमल स्नेही राष्ट्रीय देउडा पुरुष्कार गायक उपाध्यायलाई

२०७४ फाल्गुन १८, ०४:३५

परीमल स्नेही राष्ट्रीय देउडा पुरुष्कार गायक यज्ञराज उपाध्यायलाई प्रदान गरीएको छ । सुदुरपश्चिमाञ्चल वहुउद्येश्यीय मञ्च धनगढीले ११ हजार १ सय ११ राषीको उक्त पुरुष्कार बिहीवार कैलालीको अत्तरीयामा कार्याक्रम गर्दै गायक उपाध्यायलाई प्रदान गरीएको हो । रेडियो नेपालमा प्रथम पटक २०१६ सालमा देउडा गित गाउनु भएका परीमल स्नेहीको सम्झनामा मञ्चले विगत ५ बर्षदेखी ११ हजार १ सय ११ नगद राषीको पुरुष्कार वितरण गर्दै आएको छ ।

यस्तै मञ्चले नै ११ हजार १ सय ११ राषीकै हेम मल्ल स्मृती आम सञ्चार पुरुष्कार रेडियो नेपालमा विगत १७ बर्षदेखी हजारीमाला कार्यक्रम सञ्चालन गर्दै आउनुभएका मुकुन्द राज भण्डारी र धिरेन्द्र चटौतलाई सयुक्त रुपमा प्रदान गरेको छ । दुवै जनाले रेडियो नेपाल क्षेत्रीय प्रशारण सुर्खेत हुदै दिपायलबाट अहिले सम्म हजारी माला कार्यक्रम सञ्चालन गरीरहनुभएको छ ।

मल्लले दिनेश एफएममा झण्डै ६ बर्ष सम्म डोटेली भाषामा चौपातो र पोटेली कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने डोटेली भाषाकै द्धमाषीक पत्रिका सुदुर चिनारीमा पनि स्थापनादेखी नै काम गर्नुभएको थियो ।

उहाँको २ बर्ष अगाडी सडक दुर्घटनामा पनि २८ बर्षकै उमेरमा निधन भएको थियो । यस्तै कला र साहीत्य क्षेत्रमा उल्लेखनिय योगदान पुगाएको भन्दे दिनेश एफएमका संम्वाददाता नवराज पनेरुलाई पनि सोही कार्यक्रममा सम्मान गरीएको छ । सामाजिक विकास मन्त्रि दीर्घ सोडारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मञ्चका अध्यक्ष चेतराज भट्टको अध्यक्षतामा भएको हो ।

कमेन्ट लोड गर्नुस