सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौँमा अमेरिकी डलरसहित ६ लाख बरामद

२०८२ भदौ २५, ०१:५९ खबर संवाददाता

धनगढीः नेपाली सेनाले काठमाडौँबाट अमेरिकी डलरसहित झन्डै ६ लाख रुपैयाँ बरामद गरेको छ।

नेपाली सेनाले डिल्लीबजार–नारायणथप क्षेत्रबाट २ लाख ३२ हजार पाँच सय नेपाली रुपैयाँ र २ हजार पाँच सय अमेरिकी डलर बरामद गरेको हो।

नेपाली सेनाको टोली देखिपछि रकम छोडेर उनीहरू फरार भएका छन्। यस्तै, नेपाली सेनाले महाराजगन्जको भाटभटेनी सुपर मार्केट लुटपाट गर्ने चार जनालाई पक्राउ गरेको छ। बुधवार बिहान १० देखि दिउँसो १ बजेसम्मको गतिविधि सेनाले सार्वजनिक गर्दै सुरक्षाकर्मीबाट लुटिएको एक थानसहित ३२ थान हतियारसमेत बरामद गरेको छ। डडेल्धुरा जिल्ला कारागारबाट भागेका २६ जना कैदीहरूलाई समेत नेपाली सेनाले नियन्त्रणमा लिएको छ। काठमाडौँको डिल्लीबजार सदन कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरूलाई पनि रोकिएको छ।

 

कमेन्ट लोड गर्नुस