सुदूर नेपाललाई विश्वसँग जोड्दै

मध्यरातमा कांग्रेस नेताहरूसँग राष्ट्रपतिको भनाइ : “सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन तयार छु”

२०८२ भदौ २७, ०१:२२ खबर संवाददाता

शीतल निवासमा मध्यरातसम्म जारी छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरूसँग आफूले अब परिस्थिती थेग्न नसक्ने बताएका छन्। राष्ट्रपतिको भनाइ उदृत गर्दै एक कांग्रेस नेताले भने, “उहाँले अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई हस्तान्तरण गर्न तयार भएको बताउनुभएको छ।”

स्रोतका अनुसार आन्दोलनरत जेन–जी समूहबाट नयाँ सरकारको नेतृत्वका लागि सिफारिस भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने पहल भइरहेको छ।

सो छलफलमा राष्ट्रपति पौडेलसँगै प्रधानसेनापति, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र कानुनविद् ओमप्रकाश अर्याल पनि सहभागी रहेको बुझिएको छ। चार जनाबीच भएको वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिएपनि त्यसलाई कुन संवैधानिक उपायबाट कार्यान्वयन गर्ने भन्नेबारे छलफल केन्द्रित भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस