आजै मुलुकले पहिलो महिला प्रधानमन्त्री पाउँदै
धनगढी: मुलुकले आजै अन्तरिम सरकारको नयाँ प्रधानमन्त्री पाउने भएको छ। पहिलो महिला प्रधानमन्त्रीको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आजै राति ९ बजे सपथ ग्रहण हुने भएको छ।
जेन्जी आन्दोलन पश्चात् नयाँ निर्वाचन गराउन कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाउने भएका छन्। कार्कीले नियुक्तिपछि संसद विघटन समेत सहमति जुटेको जनाइएको छ।
जेन्जीको तर्फबाट कार्कीलाई सर्वसम्मत प्रधानमन्त्रीमा सिफारिस गरेको हो।