सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुत्केरीको मृत्यु भएपछि नोबेल शिक्षण अस्पताल तनावग्रस्त

। फोटो स्रोत ।
२०७६ साउन १५, ०५:०२

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी रामधुनी ३ झुम्काकी ३५ बर्षिया पार्वाता कार्की रहेकि छन्। आइतबार भर्ना भएकि उनको सुत्केरी पछि पाठेघरको शल्यक्रिया गर्दा आज विहान  आईसियु कक्षमा मृत्यु भएको जनाईएको छ। पीडितपक्षले भने डेलीभरीका लागि अस्पताल भर्ना गरिएकी कार्कीको चिकित्सको लापार्वाहीका कारण मृत्यु भएको दावी गर्दै उनको शव बुझन मानेका छैनन् भने आफन्तले अस्पतालमा प्रदर्शन गरेका छन्।

उनको सामान्य अवस्थामै डेलिभरी भएकोमा पछि चिकित्सककै सल्लाहमा पाठेघरको शल्याक्रिया गर्दा मृत्यु भएको आफन्तले बताएका छन्। कार्कीका आफन्तले अप्रेशनमा संलग्न चिकित्सकलाई कार्वाही गर्नुपर्ने आडान राखेर शव बुझन समेत मानेका छैनन्। उता अस्पताल प्रशासनले भने चिकित्सकको लापार्वाहीले कार्कीको मृत्यु नभएर उच्च रत्तश्रापका कारण मृत्यु भएको दाबी गरेको छ। 

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले समान्य अबस्थामा डेलीभरी भएको कार्कीले बच्चा जन्माउँदा पाठेघरमा समस्या देखिएकाले पाठेघरको शल्यक्रिया गर्ने क्रममा उच्च रत्तश्रापका कारण उनको मृत्यु भएको बताएका छन्। गएको साउन ६ मा पनि सोही अस्पतालमा सुनसरी दुहवीका ५० वर्षीय अनिलकुमार साहको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस