धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ
२०८२ असोज २४, ०७:३५
धनगढीः धनगढीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-३ बडाहराबाट सोही ठाउँ बस्ने २२ वर्षीय शम्शेर शेख लागुऔषधसहित पक्राउ परेका हुन्। शेखलाई चेकजाँच गर्दा उनको साथबाट ५३० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस