सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुग्यो

२०८२ असोज ३१, १२:३५ खबर संवाददाता

काठमाडौँःसुनको मूल्य शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो। 
जसअनुसार शुक्रवार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ। सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ। 

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो। यसैबिच शुक्रवार चाँदीको मूल्य पनि बढेको छ।  बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  

कमेन्ट लोड गर्नुस