सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम रोयल्सले नयाँ मस्कट ‘बड्डाउ’ 

२०८२ कार्तिक २४, ०३:२० खबर संवाददाता

धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो नयाँ मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ। मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको छ र यसले बाघको स्वरूपसँगै सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ।

सुदूरपश्चिमले यो मस्कट धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटन अवसरमा अप्रत्याशित रूपमा अनावरण गरेको हो। गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ।

यसअघि टोलीले आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ।
 

कमेन्ट लोड गर्नुस