सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन

२०८२ मंसिर २३, ०६:४३ खबर संवाददाता

काठमाडौँः सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल अवलोकन गरेका छन्। मन्त्री खरेलले आज त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुर पुगेर एनपिएलमा जारी खेल अवलोकन गरेका हुन्।

एनपिएलअन्तर्गत आज पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गरिरहेका छन्। सुदूरपश्चिम अङ्कतालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा छ। सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये ६ र विराटनगरले सातमध्ये पाँच खेल जितेको छ।

सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो।

आज जित्ने टोली सिधैँ फाइनलमा पुग्नेछ। पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ।

कमेन्ट लोड गर्नुस