सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयमा आज प्रेस ब्रिफिङ

२०८३ मंसिर ४, ०८:०६ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्दैछ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डा, उनले प्रस्तुत गर्ने राष्ट्रिय धारणा, भ्रमणमा सहभागी हुने टोली लगायतका विषयमा जानकारी गराउन मन्त्रालयले प्रेस ब्रिफिङ गर्न लागेको हो।
मन्त्रालयका अनुसार आज बिहान ११ बजे मन्त्रालयको सभाहालमा प्रेस ब्रिफिङ आयोजना हुनेछ। प्रधानमन्त्री शाह ६ र ७ गते भारत भ्रमणमा जाने मिति तय भएको छ।

कमेन्ट लोड गर्नुस