सुदूर नेपाललाई विश्वसँग जोड्दै

राइजिङ स्टार प्रिमियर लिग : उपाधिका लागि विद्याभूषण र स्टेपिङ भिड्ने

२०८२ मंसिर २६, ०५:४० जयन्त सिंह भाट

धनगढी: कैलालीको धनगढीमा जारी  ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ आरपीएल क्रिकेट प्रतियोगिताको उपाधिका लागि विद्याभूषण पब्लिक स्कुल र स्टेपिङ स्टोन बोर्डिङ स्कुल भिड्ने भएका छन् । आज भएका सेमिफाइनलको खेलमा दुबै टोलीले जित निकाल्दै फाइनलमा स्थान सुरक्षीत बनाएका हुन् ।

सेमिफाइनलको पहिलो खेलमा स्टेपिङले गुरुकुल एकेडेमीलाई ६६ रनले पराजित गर्‍यो । आजै भएको दोस्रो सेमिफाइनलको खेलमा विद्याभूषणले ऐश्वर्य विद्या निकेतनलाई २ विकेटले पराजित गरेको हो ।

आयोजकका अनुसार भोलि फाइनलका खेल धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा हुने छ  । आयोजक राइजिङ स्टार बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार ८ कक्षामुनिको प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेता टिमलाई २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई–दुई हजार प्रदान गरिने छ ।

 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस