सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व मुख्यमन्त्री रावल र बहालवाल मन्त्री थापाले एमालेको चुनाव हारे

२०८२ पुष ४, ११:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन्। उनी केपी शर्मा ओलीको टिमबाट खुला केन्द्रीय सदस्यमा चुनाव लडेका थिए। 

भूगोलतर्फ केन्द्रीय सदस्यमा चुनाव लडेका सुदूरपश्चिम प्रदेशका बहालबाला मन्त्री वीरबहादुर थापा पनि पराजित भएका छन्। उनी सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन्।


यस्तै निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका कञ्चनपुरका तारा लामा तामाङ र एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्यमा चुनाव हारेका छन्। उनीहरू दुवै भूगोलतर्फ केन्द्रीय सदस्यका उम्मेदवार थिए।

कमेन्ट लोड गर्नुस