सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसमा सेती अस्पतालका बिरामीलाई फलफूल वितरण

२०८२ पुष ११, ०८:५० खबर संवाददाता

धनगढी: सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र नेपाल पूर्व सशस्त्र प्रहरी संघ जिल्ला कार्य समिति कैलालीको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल, नेपालको २५औँ स्थापना दिवसको अवसरमा सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत अस्पतालमा रहेका १२० जना बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको हो।

फलफूल वितरण कार्यमा नम्बर ३४ गण हेडक्वाटर कैलालीका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक (सप्रनाउ) जनकराज पन्त तथा नेपाल पूर्व सशस्त्र प्रहरी संघ जिल्ला कार्यसमिति कैलालीका अध्यक्ष भूतपूर्व सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलसहितको टोली सहभागी रहेको थियो।

स्थापना दिवसको अवसरमा समाजसेवामूलक गतिविधि गर्दै सशस्त्र प्रहरी बलले मानवीय सेवामा समेत आफ्नो प्रतिबद्धता प्रकट गरेको छ।

कमेन्ट लोड गर्नुस