सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

२०८२ पुष १२, ०७:३३ खबर संवाददाता

बैतडीः दुई दिनदेखि बेपत्ता रहेका बैतडीको शिवनाथ गाउँपालिका–२ सनकोट खाल बस्ने ५१ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन्।

यही पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार स्थानीय गिठीखोला भिरमा मृत फेलापरेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। बुधवार स्थानीय बजारमा मासु ल्याउन गएका साउद घर नफर्केपछि खोजतलास गर्दै जाँदा शुक्रवार अपराह्न मृत फेलापरेको र मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोली घटनास्थलमा गएको र अनुसन्धान सुरु भएको जनाइएको छ। मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन्। 

कमेन्ट लोड गर्नुस