सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बर्दगोरियामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

२०८२ पुष १२, ०८:१८ खबर संवाददाता

धनगढीः कैलालीको बर्दगोरियामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा पुर्वबाट पश्चिमतर्फ गइरहेको चालक घोडाघोडी नगरपालिका–११ बस्ने २४ वर्षीय बिशाल कठरियाले चलाएको से ७ प ८१६५ नम्बरको मोटरसाईकल शुक्रवार राति ८ः३० बजे पुलको किनारमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो।

मोटरसाईकल चालक विशालको नवजिवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ। सोही मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने २४ वर्षकी रिता कठरिया घाईते भएकि छिन्। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस