कैलाली र डडेल्धुराबाट तिन फरार प्रतिवादी पक्राउ
कैलाली: फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयहरूले फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना तोकिएका २ जना फरार प्रतिवादीलाई शुक्रवार गते निजहरूको घर ठेगानाबाट पक्राउ गरिएको हो।
यसैबीच, जिल्ला डडेल्धुरामा पनि फैसला कार्यान्वयनका क्रममा एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाअनुसार लागूऔषध मुद्दामा ८ दिन कैद, १० हजार जरिवाना तथा अन्य ४ सय जरिवाना तोकिएका जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने वर्ष २२ का आयुष सिजापतीलाई शनिवार गते अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।