सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पत्रकार हरिशको नाम नेकपाबाट समानुपातिक उम्मेदवारमा सिफारिस

२०८२ पुष १४, ११:१७ खबर संवाददाता

धनगढीः प्रेस सेन्टर नेपालका केन्द्रीय उप-महासचिव हर्कसिंह प्रपाला हरिशलाई नेपाली कम्युनिष्ट पार्टी कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ। प्रपालालाई अल्पसंख्यक तथा लोपउन्मुख क्लष्टरबाट उम्मेदवार सिफारिस गरिएको हो।

नेकपा कैलालीले जिल्लाका सबै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकमा आकांक्षा राख्नेहरुको नाम टुङ्ग्याउदै केन्द्रमा सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले उम्मेदवार छनौट र सिफारिसको कार्य धमाधम गर्दै आएका छन्। समानुपातिकमा सिफारिसपछि प्रपालाले आफ्नो पार्टीप्रतिको त्यागलाई मूल्याङ्कन गरेर सिफारिस गरेकोमा खुशी व्यक्त गरे।

करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रपालाले करिब १७ वर्षदेखि एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरोमा कार्यरत छन्। उनी तत्कालीन नेकपा माओवादी केन्द्रको सुभेच्छुक संगठन प्रेस सेन्टर कैलालीका पूर्वअध्यक्ष समेत हुन्।

कमेन्ट लोड गर्नुस