सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा पुनर्वास नगर अध्यक्षमा मनोज जैशी चयन

२०८२ पुष १४, ०२:०३ खबर संवाददाता

धनगढीः पुनर्वास नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीको नगर भेला सम्पन्न भएको छ। शनिबार राजेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न नगर भेलाबाट मनोज जैशी सर्वसम्मत रूपमा पुनर्वास नगर अध्यक्षमा चयन भएका छन्।

भेलाले अध्यक्ष जैशीसहित ३१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिले पार्टीको संगठन सुदृढीकरण र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीले पार्टीको नीति, कार्यक्रम र सिद्धान्तअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। उनले जनताको हितका लागि सक्रिय भएर काम गर्न सबै कार्यसमिति सदस्यलाई आग्रह गरे।

नगर भेलामा पार्टीका स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट लोड गर्नुस