सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैरो हिरोइन मुद्दामा फरार शुक्लाफाँटाका एक जना पक्राउ 

२०८२ पुष १५, ०७:१६ खबर संवाददाता

कञ्चनपुरः खैरो हिरोइन मुद्दामा फरार कञ्चनपुरको शुक्लाफाँटाका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ जेठ २२ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ५ वर्ष ११ महिना २८ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको जिल्ला शुक्लाफाँटा नगरपालिका–४ बस्ने २४ वर्षीय दिपक बिष्ट पक्राउ परेका हुन्। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस