पी.एफ.ए. भेट्रान्स कप क्रिकेट प्रतियोगिता २०८२ को सातौँ संस्करण सुरु
कैलाली: कैलालीको गोदावरी–२ स्थित सशस्त्र प्रहरी बल (एपीएफ) ७ न.वैद्यनाथ बाहिनी क्रिकेट ग्राउन्डमा पी.एफ.ए. भेट्रान्स कप क्रिकेट प्रतियोगिता २०८२ को सातौँ संस्करण मंगलबारदेखि भव्य रूपमा सुरु भएको छ। प्रतियोगिताको लिग चरण एक सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
लिग चरणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेलमा अनुपमा अलराउण्डर्स र अत्तरिय सिटी आमनेसामने हुनेछन् भने दोस्रो खेलमा गेटा रोयल्स र महेन्द्रनगर ब्वाइज बीच प्रतिस्पर्धा हुनेछ।
बुधबार दुई खेल आयोजना हुनेछन्। यस दिन गुलरिया बुल्स र कैनोडा लायन्स बीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा बुढाबाघ र महेन्द्रनगर ब्वाइज भिड्नेछन्।
त्यसैगरी बिहीबार कैनोडा लायन्स र अनुपमा अलराउण्डर्स, तथा न्यू ग्वासी सहारा क्यापिटल्स र अत्तरिय सिटी बीच खेल हुने तालिका रहेको छ।
शुक्रबार गुलरिया बुल्स र गेटा रोयल्स, साथै कैनोडा लायन्स र महेन्द्रनगर ब्वाइज बीच प्रतिस्पर्धा हुनेछ।
शनिबार गेटा रोयल्स र न्यू ग्वासी सहारा क्यापिटल्स, तथा अत्तरिय सिटी र बुढाबाघ बीच खेल आयोजना गरिनेछ।
आइतबार अनुपमा अलराउण्डर्स र बुढाबाघ, साथै न्यू ग्वासी सहारा क्यापिटल्स र कैनोडा लायन्स बीच खेल हुनेछ।
लिग चरणका खेलहरू सोमबार बुढाबाघ र गेटा रोयल्स, तथा अनुपमा अलराउण्डर्स र गुलरिया बुल्स बीच हुनेछन्।
लिग चरणका अन्तिम दुई खेल मंगलबार महेन्द्रनगर ब्वाइज र अत्तरिय सिटी, तथा न्यू ग्वासी सहारा क्यापिटल्स र गुलरिया बुल्स बीच खेलाइनेछ।
लिग चरणपछि बुधबार क्वालिफायर र एलिमिनेटर खेल आयोजना हुनेछन्। दोस्रो क्वालिफायर बिहीबार सञ्चालन हुनेछ भने प्रतियोगिताको फाइनल खेल शुक्रबार आयोजना गरिने आयोजकले जानकारी दिएको छ।