सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट कांग्रेसको समानुपातिक सूचीमा १० जना

२०८२ पुष १५, ०२:१२ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई निर्वाचन आयोगले तत्काल मान्यता नदिएपछि सूची दर्ता गर्न ढिलाइ भएको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार राति साढे ११ बजेपछि ११० जनाको नामावली आयोगमा दर्ता गराएका हुन्। स्रोतका अनुसार आयोगसँगको प्राविधिक प्रक्रियाका कारण सूची बुझाउन समय लागेको बताइएको छ।

निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउने समयसीमा तोकेको थियो। यसपटक कांग्रेसले २०६४ सालदेखि समानुपातिक सांसद भइसकेका व्यक्तिहरूलाई बन्दसूचीमा समावेश गरेको छैन।

प्रदेशगत रूपमा कोसी प्रदेशबाट १८, मधेशबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १७, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० जना उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ।
 

कमेन्ट लोड गर्नुस