कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरापलिका–१० जर्सिखल्ला स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ९००३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक बेदकोट नगरापलिका–६ घोड्सुवा बस्ने ३१ वर्षीय सन्तोष बिष्ट र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ३४ वर्षीय सागर साँउद खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ६ ग्राम २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ।