सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा विभिन्न किसिमका ट्यावलेट र चरेशसहित २ जना पक्राउ

२०८२ पुष २८, ०८:१९ खबर संवाददाता

धनगढीः कैलालीमा विभिन्न किसिमका ट्यावलेट र चरेशसहित २ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २८ वर्षीय हरिश विष्ट विभिन्न किसिमका ट्यावलेटसहित पक्राउ परेका हुन्। विष्टलाई २७ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन, २२८ ट्यावलेट स्पास र २० ट्यावलेट नाईट्राभ्याट फेला पारी उक्त लागूऔषधसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ।

यसैगरी विशेष सूचनाको आधारमा कैलालीको गौरीगंगा नगरपालिका–१ लठैयामा सोही ठाउँ बस्ने ४६ वर्षीय नन्दलाल उपाध्यायले संचालन गरेको खुद्रा पसल भित्र खानतलासी गर्दा ६८२ ग्राम चरेश फेला पारी उक्त पदार्थसहित उनी पक्राउ परेका छन्। उपाध्यायलाई इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस