सुदूर नेपाललाई विश्वसँग जोड्दै

महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस

२०८२ पुष २८, ०२:३७ रासस

काठमाडौँः नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।

काठमाडौँको भृकुटीमण्डमा आज भएको बन्दसत्रमा उनले प्रस्तुत गरेको प्रस्तावमा जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, काँग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र विशेष महाधिवेशनको नीतिगत सङ्कल्प, आमनिर्वाचन, उन्नत लोकतन्त्र र बहुलवादी समाजको विकास, निर्वाचन पूर्वगठबन्धन प्रवृत्तिको अन्त्य, सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन्।
 

कमेन्ट लोड गर्नुस