नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पार्टीबाट निष्कासित
काठमाडौँ: नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुला मनसुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरूको गतिविधि पार्टी हितविपरीत भएको निष्कर्ष निकाल्दै निष्कासनको घोषणा गरेको हो।
बैठकको निर्णयअनुसार उनीहरूलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ।