सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य वृद्धि

२०८२ माघ २, १०:५९ खबर संवाददाता

काठमाडौँ: स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो।    

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मूल्य पाँच हजार ६४५ कायम भएको छ। बिहीबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो। 

बुधjर एक तोला सुन दुई ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ मा कारोबार  भएको थियो। मङ्गलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मूल्य पाँच हजार ३४० मा कारोबार भएको थियो।  

गत आइतबार प्रतितोला रु दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस