सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्खाप्रति सेवा ढोग गरी आशिर्वाद ग्रहण

२०८२ माघ २, ११:२० खबर संवाददाता

धनगढीः थारु समुदायमा माघ (माघी) पर्वको दोस्रो दिन आज विहानै नदीनालामा स्नान गरेर आफ्ना पुर्खाहरुको आशीर्वाद ग्रहण गरिएको छ। 

विहानैदेखि सेवा ढोग लाग्दै ठुलावडा, मान्यजनबाट आशीर्वाद लिइएको हो। माघ लहान अर्थात माघ पर्वको दोस्रो दिन एक आपसमा खुशीयाली साटासाट गर्दै सेवाढोग लाग्ने चलन रहेको छ। गोदावरी नगरपालिका–८ मजगाउँका टीकासिंह चौधरीका अनुसार यस दिन इष्टमित्र, आफन्त सबै एक अर्काको घरमा पुगेर सेवा, ढोग लाग्ने र सुङ्गुरको मासु, ढिक्री, तरुल लगायतका मिठामिठा परिकार खाने, रमाउने चलन रहेको छ। 

यसदिन सानाठुला सबैले विहानै स्नान गरेमा वर्षदिनभरी गरिएका पाप कटेर पूण्य प्राप्त हुने जनविश्वास रहेको छ। थारु समुदायका मानिसले यस दिन पानीमा पैसा राखेर मात्रै स्नान गर्ने गरेका छन्। यस दिन पानी किनेर मात्रै नुहाउनु पर्छ भन्ने मान्यता रहेको छ।  

कमेन्ट लोड गर्नुस