सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका प्रदेश सांसद देउवाको पक्षमा उभिए

२०८२ माघ २, ०७:४४ खबर संवाददाता

धनगढी: केन्द्रमा दुई समूहमा विभाजित नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य भने देउवा समूहमा उभिएका छन्।

शुक्रवार मुख्यमन्त्री कार्यालयमा बसेको सुदूरपश्चिम प्रदेश सभा काँग्रेस संसदीय दलको बैठकले देउवाको पक्षमा उभिने निर्णय गरेको हो।

उक्त बैठकले पार्टीभित्र देखिएको विवादमा सभापति शेरबहादुर देउवाको साथमा रहने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले बताए।

"हामी सबै सभापति शेरबहादुर देउवाको साथमा उभिने निर्णय भएको छ’, आज बसेको बैठमा हातले सभापतिको पक्षमा उभिने निर्णय गरेका हौँ।"

काँग्रेस सुदूरपश्चिम संसदीय दलमा १८ जना सांसद रहेका छन्। बैठकमा ११ जना सांसदको सहभागिता रहेको थियो। अन्य सांसदहरू जानकारी दिएर बाहिर रहेको र उनीहरूले पनि निर्णयलाई समर्थन गरेको धामीले बताए।

कमेन्ट लोड गर्नुस