काँग्रेसद्वारा चुनावी गठबन्धन नगर्ने निर्णय
काठमाडौं: नेपाली काँग्रेसले आगामी निर्वाचनमा कुनै पनि चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। सभापति गगन थापाको नेतृत्वमा गठित केन्द्रीय कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले कुनै अप्राकृतिक गठबन्धन नगर्ने प्रतिबद्धता पुनः दोहोर्याएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनका अनुसार पार्टी एकताबद्ध रूपमा निर्वाचनमा होमिनेछ। बैठकमा जनताको अपेक्षा पूरा गर्ने तथा जेनजी ९न्भल श्० को आकांक्षालाई प्रतिनिधित्व गर्ने विषयमा केन्द्रित छलफल हुने पनि उनले बताए।