लोटस क्याफेले गर्यो मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
धनगढीः धनगढी राष्ट्र बैङ्क नजिक रहेको लोटस क्याफेको सातौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ।
क्याफेका सञ्चालक टङ्क कठायत र खेमनाथ योगीले धनगढी-५ मा रहेको मानव सेवा आश्रममै पुगेर क्याफेको वार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग गरेका हुन्।
उनले आश्रमलाई १५ हजार रुपैयाँ बराबरको चामल, तरकारी, चाउचाउ र नुनलगायतको खाद्य सामग्री सहयोग गरेका हुन्। क्याफेको वार्षिकोत्सवको अवसरमा सबै बिलमा १५ प्रतिशत छुट दिने र आज बेलुकी ५ बजेबाट लाइभ सङ्गीतको कार्यक्रम राखिएको सञ्चालक कठायतले बताए।
लोटस क्याफेका सञ्चालक कठायत र योगीले हरेक वर्ष क्याफेको वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रम, दृष्टि फाउन्डेसनलगयातका सामाजिक संस्थामा खाद्यान्न सहयोग गर्दै आएका छन्। गत वर्ष दृष्टि फाउन्डेसनलाई सहयोग गरेकोमा यो वर्ष मानव सेवा आश्रमलाई ुसहयोग गरेको योगीले बताए।