घन्टीघरमा पदबहाली गरेर हिँडे बालेन
काठमाडौँः पहिलोपटक रास्वपा कार्यालय गएका बालेन्द्र साह केही मिनेट मात्रै बसेर फर्किएका छन्। उनले घन्टीघरमा रहेको घण्टी बजाए भने आफ्नो कार्यकक्षमा पदबहाली गरे छन्।
बालेनको स्वागतका लागि समर्थकहरूले ३ घण्टासम्म कार्यालय बाहिर प्रतीक्षा गरेका थिए। बालेन आउँदा ठूलै भिड जम्मा भइसकेको थियो। उनी सुदन गुरुङसहित प्रवेश गरेका थिए।
कार्यालय प्रांगणमा रहेको ठूलो घण्टी बजाएर समर्थकलाई अभिवादनसँगै फ्लाइङ किस दिएका छन्। रास्वपा सभापति रवि लामिछानेलाई अंकमाल गरेका वालेन औपचारिक भाषण नगरेरै फर्केका छन्।