रास्वपा बझाङबाट चुनाव लड्ने उम्मेदवारको टुङ्गो
धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङबाट चुनाव लड्ने उम्मेदवारको नाम टुङ्गो लगाएको छ। रास्वपा बझाङबाट शैलेश कुमार सिंहले चुनाव लड्ने भएका छन्।
आफ्नो उम्मेदवारी कुनै पार्टी वा कुनै व्यक्तिका विरुद्ध नभएको सिंहले बताएका छन्। सत्ता र शक्तिमा बसेर बझाङी जनताका लागि काम नगर्नेका विरुद्ध भएको बताएका छन्। बझाङको विकास, समृद्धि र यहाँ लुकेका असीम सम्भावनालाई देश–विदेशसम्म चिनाउने अठोटसहित आफु अघि बढेको उनले बताएका हुन्।