सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै राप्रपाका हिक्मतजंग कार्कीले पार्टी परित्याग

२०८२ माघ ५, ०३:३१ खबर संवाददाता

पोखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी परित्याग गरेका छन्। पार्टी नेतृत्वले टिकट वितरणमा मनपरी गरेको आरोप लगाउँदै उनले सोमबार पार्टी छोड्ने निर्णय गरेका हुन्।

राप्रपाले काठमाडौँ–५ बाट कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि कार्की असन्तुष्ट बनेका थिए । सो निर्वाचन क्षेत्रमा उनी पनि बलियो दाबेदारका रूपमा देखिँदै आएका थिए । थापालाई टिकट दिइएको निर्णयप्रति असहमति जनाउँदै उनले पार्टीबाट अलग हुने निर्णय लिएका हुन्।

राप्रपाका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका कार्कीले पार्टीभित्र पछिल्ला गतिविधिका कारण आफूलाई पार्टीमा बस्न असम्भव भएको बताएका छन्। रातोपाटीसँग कुराकानी गर्दै उनले पार्टीको वर्तमान अवस्थाले निरन्तरता दिन नसकिने निष्कर्षमा पुगेको बताए।
 

कमेन्ट लोड गर्नुस