कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ
२०८२ माघ ६, ०७:२१
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको बेलडाँडी गाउँपालिका-३ बैवाहा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शुक्लाफाँटा नगरपालिका-१ बन्साहा बस्ने २० वर्षीय सन्तोष सिंह बिष्ट खैरो हेरोइनसहित पक्राउ परेका हुन्। बिष्टलाई ९४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस