धनगढीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
कैलाली: कैलालीको धनगढीमा श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या आरोपमा उनका श्रीमान डम्मरराज जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार जोशीलाई बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गत शमसेरगंज प्रहरी चौकीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार सरस्वतीको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका जोशीको मानसिक सन्तुलन ठीक नभएको पनि बताइएको छ।