सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

२०८२ फाल्गुन २८, १०:५४ खबर संवाददाता

कञ्चनपुरः १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश गिरी र भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हिरा नाथ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनीहरूलाई बुधबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर ती किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै आरोपित दुवै जनालाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस