ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
मकवानपुरः हेटौँडा–नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकोमा चिकित्सकलेउनलाई मृत घोषणा गरेका थिए।