बैतडीमा महाकाली नदी किनारमा महिला मृत अवस्थामा फेला
बैतडी: झुलाघाट स्थित महाकाली नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–८ माइतीघरकी ३८ वर्षीय दिपा महर बिहीबार बिहान ८ बजे मृत फेला परेकी हुन्।
प्रहरीका अनुसार, महरको श्रीमान् रोजगारीका लागि भारतको दिल्लीमा रहेका छन् र महर पनि केही समयदेखि उनीसँग बस्दै आएकी थिइन्। यसै महिनाको २२ गते उनी माइतीघर फर्किएकी थिइन्। बुधबार महर भारतमा रहेको श्रीमान् कहाँ जान्छु भनी हिँडेकी थिइन्।
महरको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ। पोस्टमार्टम उनको श्रीमान् आइपुग्नासाथ गरिने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।