सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१२ जुगेडाकी एक महिला पाँच दिन देखि वेपत्ता 

२०८२ चैत्र २, ०९:०३ खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट एक महिला पाँच दिनदेखि वेपत्ता भएकी छिन्। 

धनगढी वडा नं १२ जुगेडा स्थित सी गाउँका चन्द्रबहादुर बिष्टकी ५२ बर्षिया पत्नी मनदेवी बिष्ट गत फागुन २८ गते बिहीबारदेखि सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ।

परिवारका अनुसार मनदेवी बिष्ट जुगेडा सी गाउँ डाँडा–१२ नम्बर क्षेत्रबाट हराएकी हुन्। उनको मानसिक अवस्था पूर्ण रूपमा ठिक नरहेको र हालसम्म कुनै अत्तोपत्तो नलागेको परिवारले जनाएको छ।

उनीबारे कुनै जानकारी पाउने वा देख्नुहुने जो–कोहीले ९८४९६५९९२३ नम्बरमा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ।

कमेन्ट लोड गर्नुस