सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्याम्पसकी विद्यार्थी पबिना चौधरी उत्कृष्ट नतिजा सहित सुदूरपश्चिम विश्वविद्यालय प्रथम

२०८२ चैत्र २, ०९:५४ खबर संवाददाता

धनगढी: कैलाली बहुमुखी क्याम्पसको होटल म्यानेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थी पबिना चौधरीले उत्कृष्ट नतिजा हासिल गर्दै सुदूरपश्चिम विश्वविद्यालयमा टप गर्न सफल भएकी छन्।

दोस्रो सेमेस्टरको सत्रान्त परीक्षा मा ३.८५ जिपीए हासिल गर्दै उनले विश्वविद्यालयमै प्रथम स्थान हासिल गर्न सफल भएकी हुन्।

क्याम्पसको होटल म्यानेजमेन्ट संकायका विभागीय प्रमुख उपप्राध्यापक नरेन्द्र शाहले पबिनाको यो उपलब्धि अत्यन्तै प्रेरणादायी भएको बताए। उनका अनुसार विद्यार्थीहरूको मेहनत र समर्पणले यस किसिमको सफलता सम्भव भएको हो।

साथै, क्याम्पसका सम्पूर्ण प्राध्यापक र विद्यार्थीहरूको निरन्तर मेहनत र समर्पणले क्याम्पसले उत्कृष्ट नतिजा हासिल गर्दै आएको उल्लेख गर्दै, आगामी दिनमा पनि शैक्षिक गुणस्तर कायम राख्दै अझै बढी उपलब्धि हासिल हुने उनले विश्वास व्यक्त गरे।

कमेन्ट लोड गर्नुस