सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पनि आर्थिक गणना कार्यालय स्थापना

२०८२ चैत्र ५, ०७:४६ रासस

बैतडीः बैतडीमा आर्थिक गणना कार्यालयको स्थापना गरिएकोे छ।

दोस्रो आर्थिक गणनाका लागि जिल्ला सदरमुकाम गोठालापानीमा कार्यालय स्थापना गरिएको हो। बुधवार कार्यालय स्थापना गरि काम अघि बढाइएको जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जानकारी दिए। कार्यालय स्थापना भइसकेको र यो महिनाभित्र आन्तरिक तयारी पूरा गरिसक्ने उनले बताए। 

कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने आर्थिक गणना अधिकारी गिरीले जानकारी दिए।‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि दोस्रो आर्थिक गणना सुरु हुँदैछ। यसका लागि बैतडीमा १६ गणक र ३ सुपरिवेक्षक खटिने उनले बताए। 

आर्थिक गणनाको समयमा गणकहरुले वस्तु तथा सेवा उत्पादन क्षेत्र, आर्थिक क्षेत्रमा संलग्न सबै क्षेत्रको गणना गर्ने कार्यालयले जनाएको छ। आर्थिक क्रियाकलाप, बजार व्यवसाय लगायतका क्षेत्रमा आर्थिक गणना केन्द्रित हुने गिरीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस