सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण

२०८२ चैत्र ६, ०९:५५ खबर संवाददाता

कैलालीः धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्।    

सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन्। दुवै पुल  तीन करोड १५ लाखको लागतमा बनेका हुन्। पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा  तटबन्ध पनि गरिएको छ। निर्माण कम्पनीेले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको इन्जिनियर देवकोटाले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस