सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिबार र आइतबार पनि हावाहुरीसहित वर्षा हुने पूर्वानुमान

२०८२ चैत्र ६, ०७:०५ खबर संवाददाता

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार पनि मेघगर्जन चट्याङ्ग र असिनासहित हावाहुरी हुने पूर्वानुमान गरेको छ। 

महाशाखाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको हो। तीन दिनको बुलेटिन अनुसार अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा हिमपात भएको छ। 

शुक्रबार राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानमा तथा कर्णाली र सुद्रूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ, असिना हावाहुरीसहित मध्यम वर्षाको सम्भावना छ। शनिबार देशको अधिकांश भागमा बादल लाग्ने छ। शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङ एवम्  हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। 

आइतबार देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्ने छ। देशको पहाडी र हिमाली भू–भागका थोरै स्थान तथा कोशी र लुमिबनी प्रदेशको तराई भू–भागका एक, दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

कमेन्ट लोड गर्नुस