सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपिलवस्तुको महाराजगंजका केही क्षेत्रमा निषेधाज्ञा

२०८२ चैत्र ७, ०५:४२ खबर संवाददाता

कपिलवस्तः जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। 

जिल्ला सुरक्षा समितिको निर्णयानुसार निमित्त प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो। जारी आदेशअनुसार चैत ७ गते दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको निमित्त प्रजिअ भविश्वर घिमिरेले बताए। 

आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने उनको भनाई छ। कपिलबस्तुको महाराजगंज नगरपालिकाको वडा नं.२ बरगदामा दुई समुदायबिच भएको विवादका कारण निषेधाज्ञा जारी गरिएको निमित्त प्रजिअ घिमिरेले बताए। निषेधाज्ञा लागू गरिएको क्षेत्रको सीमाना पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगंज चोक, उत्तरमा महाराजगंज बजार र दक्षिणमा हर्दोना तोकिएको छ।

कमेन्ट लोड गर्नुस