सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएम कपमा आज पहिलो खेल खेल्दै सुदूरपश्चिम 

२०८२ चैत्र ९, ०८:४५ खबर संवाददाता

नेपाल क्रिकेट संघ (क्यान) ले आठौँ संस्करणको प्रधानमन्त्री कप (पीएम कप) मा आज सुदूरपश्चिम प्रदेशको टिमले पहिलो खेल खेल्दै छ।

बिहान ९ बजे देखि सुरु हुने खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशको टिम सँग भिड्ने छ। खेल पर्सामा रहेको टिबी शाह क्रिकेट ग्राउन्डमा हुने छ। त्यस्तै आजको दोस्रो खेल पनि बिहान ९ बजे देखि राम जानकी क्रिकेट ग्राउन्डमा कोसी प्रदेश र लुम्बिनी प्रदेश बिच हुने छ। प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ।  

जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन्। ‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन्।

पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्। नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २–२ पटक जितेका छन्। पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ। एक दिवसीय फम्र्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने छ।

कमेन्ट लोड गर्नुस